काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेको छ । बुधबार ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब २० करोड रूपैयाँकाे कारोबार भएको थियो ।
बुधबार नेप्से २६७५.५१ बिन्दुमा बन्द भएको छ । कूल १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको हो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । बुधबार ५५ हजार २३८ पटकको सेयर किनबेचबाट १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच भए । कूल १३ उपसमूहमध्ये ५ उपसमूह बढे भने बाँकी उपसमूहहरू घटे ।
बढ्ने उपसमूहहरूमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर, व्यापार र म्यूचअल फन्ड अघि रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बीमा, होटल तथा पर्यटन, जीवन बीमा र लघुवित्त अघि रहे ।