काठमाडौं । बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्याइने भएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।
असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन।
प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ।