काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०३ अंकले घटेको छ । शून्य दशमलव ४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको हो । कुल ५५ कम्पनीको सेयर मूल्य बढ्यो भने १८१ कम्पनीको मूल्य बढ्यो ।
८ कम्पनीको मूल्य स्थिर रह्यो । आज ७६ हजार ४१८ पटकको सेयर किनबेचबाट ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । कुल १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भए । आज लघुवित्त र इन्भेष्टमेन्ट उपसमूह बढ्यो भने अन्य उपसमूहहरु घटे ।