काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हाललाई उद्योगमा विद्युत् लाइन नकाट्ने निर्णय गरेको हो ।
मंगलबार विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले वैकल्पिक उपायबाट उद्योगहरूसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने निर्णय गरेको बताइएको छ ।
यसअघि काटिएको लाइन जोड्ने क्रममा मन्त्रिपरिषद्को बैठकले नै प्राधिकरणलाई १५ दिनभित्र बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने भन्दै त्यति बेला लाइन जोडिदिएको थियो ।
प्राधिकरणले दिएको अल्टिमेटम आज बुधबार सकिँदै छ । यद्यपि, लाइन नकाटिने निर्णय गरिएको हो ।