काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.९७ अंकले घटी २७५०.८७ बिन्दुमा पुगेको छ ।
बुधबार सेयर बजारमा १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ८ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस्तै, ३२० कम्पनीको २ करोड ३३ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।
बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ३० करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २९ करोड ५६ लाख, आँखुखोला जलविद्युत कम्पनीको २६ करोड ७९ लाख, सानिमा माई हाइड्राेपावरको १८ करोड ७६ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
सबैभन्दा धेरै कमाउनेमा खानीखोला हाइड्रोको सेयरमूल्य ९.९९ र जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको सेयर मूल्य दश प्रतिशतले घटेको छ । आज कारोबारमा रहेका १३ मध्ये हाइड्रो, माइक्रोफाइनान्स र उत्पादन क्षेत्रको समूहगत परिसूचकमात्रै बढेको छ ।