काठमाडौं । वाणिज्य बैंकले पु्सका लागि ब्याजदर ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ ।
मंसिरको तुलनामा पुसमा तीन वटा बैंकले ब्याजदर घटाएका छन् भने नि वटा बैंकले बढाएका छन् । बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई कायमै राखेका छन् ।
ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ ।
प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ भने नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत रहेको छ । बाँकी बैंकको ब्याजदर भने यतावत रहेको छ ।