काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढ्यो भने आज परिसुचक २६३३ अंकमा कायम भएको छ । आज ८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोडको कारोबार भयो ।
आज कारोबारमा आएका ११७ कम्पनीको सेयर बढेको छ भने ११७ कम्पनीको सेयर घटेको छ । यस्तै आज १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका आधारमा आज जानकी फाइनान्सले सर्वाधिक २२ करोडको कारोबार भयो ।
यस्तै आज सुपर माइक्रो फाइनान्स वित्तीयसंस्थाको सेयर १० प्रतिशतले बढ्यो भने , जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा डोल्टी पावर ९.९ प्रतिशतले बढ्यो ।