काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै छ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ३१ दशमलव ४३ अंकले ओरालो लागेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३५ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ५५ हजार नौ सय ८९ पटक शेयर किनबेच भएको छ । जसबाट ९८ लाख ३२ हजार तीन सय आठ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७६ करोड दुई लाख ६७ हजार चार सय ८३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।