काठमाडौं । लमजुङमा यसवर्ष आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । जिल्लामा सात हजार दुई सय हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको केन्द्रले जनाएको हो ।
जिल्लामा गत बर्ष मात्र सात हजार तीन सय २७ टन कोदो उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसवर्ष प्रति हेक्टर एक दशमलव २ मेट्रिक टनका दरले कोदो उत्पादनमा वृद्धि भएको छ भने गतवर्ष एक दशमलव ०२ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं कृषि बाली संरक्षण विजय पौडेलले बताए ।
प्राविधिक सहायक समीक्षा सेढाईका अनुसार किसानहरुले स्थानीय जातको कोदो उत्पादन गर्दे आएका छन् । जिल्लामा विशेष गरी राइनास, दोर्दी र क्व्होलासोथारमा बढी कोदो उत्पादन हुँदै आएको छ ।