काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ ।
सोमबार १९४ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा ४२ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीमा भने कुनै परिवर्तन भएन । सोमबार सपोर्ट माइक्रो फाइनान्स र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले नै घटेको छ ।
नेप्से बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेर ४ अर्ब ४३ करोडमा सीमित भएको छ ।