धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।
अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए।
घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।