काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ एसोसिएट प्रदेश समितिका कोषाध्यक्ष पत्रकार राजेन्द्र प्रजापतिलाई पितृशोक परेको खबरले स्तब्ध भएको जनाएको छ । प्रजापतिका पिता गणेश प्रजापतिको ८९ वर्षको उमेरमा २०८१ फागुन १० गते शनिबार निधन भएको हो । महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।
यसैगरी महासंघले महासंघ एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष पत्रकार दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई परेको पितृशोकप्रति पनि दुःख व्यक्त गरेको छ ।
उनका ७३ वर्षीय पूजनीय पिता तारानाथ सुवेदीको २०८१ फागुन ११ गते आइतबार काडमाडौंस्थित मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समययता मुटुसम्बन्धी रोगबाट पीडित स्वर्गीय सुवेदीका एक छोरा र एक छोरी छन् ।
महासंघले स्वर्गीय पिताद्वयप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने मृतआत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा महासंघ पत्रकारद्वय प्रजापति र सुवेदीसहित शोकसन्तप्त सबै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।