काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६२ मत पाएका छन् भने इश्वर पोखरेलले ५६४ मत पाएका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेलले १ हजार २ सय २८ पाउँदा सुरेन्द्र पाण्डे ९९९ मत पाए ।

