काठमाडौं । राजावादीको प्रदर्शनका कारण आइतबार ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ गरेको छ । चाबहिल, मित्रपार्क, गौशाला, सिनामंगल, तीनकुनेलगायत सडकबाट सवारी डाइर्भसन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
राजावादी सडकमा उत्रँदा आमसर्वसाधारण समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाह कस्कीको पोखराबाट काठमाडौं आउन लागेपछि राजावादी उनको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भेला भएका छन् । विमानस्थल परिसरमा मोटरसाइकललाई समेत प्रवेश निषेध गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।