काठमाडौं । काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ। आज वायु प्रदूषण मापनमा काठमाडौँको वायु प्रदूषण विश्वमै पाँचौँ स्थानमा छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै पाँचौँ स्थानमा देखिएको हो। आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भारतको राजधानी नयाँ दिल्ली छ।
इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९१ छ। आज प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २१९ छ।