काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ८२६ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको होली विशेष चेकिङ कारबाहीमा परेका हुन् ।
अहिलेसम्म ८२६ कारबाहीमध्ये २४३ वटा सवारी साधन होल्डमा राखिएको छ। मापसे, लापसे, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई ट्राफिकले कारबाही गर्दै आएको छ।
ट्राफिक नियम उल्लंघन गर्नेले चालकले कसुर हेरेर जरिवाना र सचेतना कक्षामा सहभागी हुनुपर्नेछ ।