काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंखर पोखरेलले गर्ने भएका छन् ।
यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली नआउने भएपछि महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय बढी प्रतिनिधि विराटनगर पुगेका छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।