काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।
आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।