काठमाडौं । मकवानपुर भीमफेदीमा गुडिरहेको कारमा आगलागी भएको छ। कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय कारमा आगलागी भएको हो।
काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।