काठमाडौं ।‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका छन्। रमेश मुख्यमध्ये एक भूमिकामा देखिनेछन्। रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन्। चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन्। यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडिओमा भने रमेश देखिएका छन् ।
परिच्छेद सेनले निर्देशन रहने यस फिल्ममा यसअघि पल शाह मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। फिल्मका निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।