काठमाडौं । फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने भएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो। फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्।
चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन्। उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ। जुङरुङ्ग कपाल छ। उनको अगाडि निलो कलर छ। बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।
तर, निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रस्ट पारेका छैनन्। उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन्। केही समयपछि कलाकारहरूको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ।