काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।
साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् ।