लमजुङ। जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङको सहकार्यमा भिड तथा दंगा नियन्त्रणका लागि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रेशम बोहरा र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) दिपक पुरीको उपस्थितिमा संयुक्त अभ्यास संचालन गरिएको हो।
कार्यक्रमको उद्देश्य सम्भावित भिड नियन्त्रणमा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ। अभ्यासका क्रममा प्रहरीले भिड र दंगा नियन्त्रणमा प्रयोग हुने रणनीति, उपकरण तथा विधिहरू प्रदर्शन गरेका थिए।
सोही अवसरमा सहभागी प्रहरी कर्मचारीहरूलाई भिड नियन्त्रणसम्बन्धी कानूनी व्यवस्था, कार्यविधि तथा मानवअधिकारसम्बन्धी आन्तरिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
कार्यक्रममार्फत सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धि गर्दै संवेदनशील परिस्थितिमा जनताको सुरक्षाको प्रत्याभूति दिन मद्दत पुग्ने विश्वास गरिएको छ।