काठमाडौं । ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो ।
भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ ।
भेटवाल यसअघि पनि २०७९ फागुन १० गते ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।