काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण तीव्र गतिमा भइरहेको छ। यो बाँध नेपालकै पहिलो कङ्क्रिटयुक्त जलाशय प्रणालीमा आधारित हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार हालसम्म औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू राखिएको छ। तापमान सन्तुलनसहित बाँधको उचाइ क्रमशः बढाइँदै छ र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
प्याकेज–१ अन्तर्गत ४२.५% भौतिक प्रगति भइसकेको छ भने समग्र आयोजनाको ६७% प्रगति भइसकेको छ। आयोजनाको लागत ५० करोड ५० लाख डलर रहेको छ, जसमा एडिबी, जाइका, युरोपियन लगानी बैंक र नेपाल सरकार/विद्युत् प्राधिकरणको लगानी रहेको छ।
बाँध निर्माणसँगै सुरुङ, विद्युतगृह, उपकरण जडान र २२० केभी प्रसारण लाइन निर्माण कार्य पनि तीव्र रुपमा अघि बढिरहेको छ।