काठमाडौं । लमजुङ मध्यनेपाल नगरपालिका–४ तिलाहरचोक एलिजा घाटमा आज बिहान ट्र्याक्टर दुर्घटनामा चालक आयुष्मान गुरुङको मृत्यु भएको छ। दुर्घटनापछि अचेत अवस्थामा रहेका गुरुङलाई इन्स्पेक्टर यम नारायण अर्यालको टोलीले तुरुन्तै दमौली अस्पताल पुर्याएको थियो, डाक्टरले मृत घोषणा गरे।
१९ वर्षीय गुरुङ बागलुङ काठेखोलाका स्थायी बासिन्दा हुन् भने हाल रुपा गाउँपालिका–३ मा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार ट्र्याक्टर अनियन्त्रित भई एलिजा घाटतर्फ खसेको थियो।