काठमाडौं । लमजुङ दोर्दी गाउँपालिकाको आयोजना र ॐ समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालनमा आएको छ।
शिविर नौथरस्थित सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भइरहेको छ। आयोजकले स्थानिय बासिन्दाहरूलाई शिविरमा सहभागी भई दन्त स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट लाभ लिन अनुरोध गरेका छन्।
शिविरमा दन्त रोगसम्बन्धी परीक्षण, सामान्य उपचार, परामर्श र आवश्यक खालका सेवाहरू प्रदान गरिने जनाइएको छ। गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताएको छ।