काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ नेता शिव बाँस्तोलालाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
शनिबारदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन्। यसअघि शुक्रबार पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए।
अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र दैनिक पार्टी कार्य सञ्चालन तथा महत्त्वपूर्ण निर्णयहरूमा भौतिक रूपमा उपस्थित हुन नसक्ने भएकाले बाँस्तोलालाई जिम्मेवारी दिएको उल्लेख गरेकी छन्।
पार्टीमा देखिएको व्यवस्थापन समस्याबीच बाँस्तोलाको नियुक्तिले नाउपाको नेतृत्वलाई स्थिर बनाउने अपेक्षा गरिएको छ।