काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को मंगलबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा विधिपूर्वक शुभ मुहूर्त गरिएको छ। पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन चर्चित कलाकार **अर्जुन घिमिरे ‘पाँडे’**ले गर्नेछन्।
चलचित्रमा अभिनेता रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती र प्रियाना आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। चलचित्रको कथा कुमार बेन्जन्कारले लेखेका हुन् भने पटकथा गणेश कार्कीले तयार पारेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्याप गीत पनि समावेश गरिनेछ। र्याप गीतमार्फत सामाजिक सन्देश दिन खोजिएको बताइएको छ।
‘झरीपछिको इन्द्रेणी’ समाजमा आशा, संघर्ष र परिवर्तनको रंग प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण हुन लागेको चलचित्र हो। निर्माण टोलीका अनुसार छायांकन चाँडै सुरु हुने तयारीमा छ।