काठमाडौं । गायिका निर्मला घिसिङको स्वरमा रहेको मार्मिक गीत ‘आँसु झार्दिन म’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा भगवती प्रधानको शब्द रचना, रमण थामीको संगीत तथा एरेन्ज रहेको छ। जनयुद्धको परिवेशमा आधारित कथालाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियोको निर्देशन मिराज विक्रम सिंहले गरेका हुन्।
मर्मस्पर्शी दृश्यहरूसहितको भिडियोमा मिराज विक्रम सिंह, मान्सी शर्मा, टिका बास्तोला (रेखा), गणेश जी.सी. लगायत कलाकारहरूको अभिनय रहेको छ।
भिडियोको छायांकन रन्धिर श्रेष्ठले गरेका हुन् भने सम्पादन अमित बिकले गरेका हुन्। गीतको म्युजिक भिडियो रमण थामीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।