काठमाडौं । नेपाली चलचित्र ‘सुस्केरा’ निर्माण हुने भएको छ। मणिलिङेश्वर फिल्म्स र कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्रको प्रस्तुति ममता रायमाझीले गर्नेछिन्।
शंकर अधिकारी घायलले लेखन र निर्देशन गर्ने ‘सुस्केरा’ चलचित्रको निर्माण नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाईंले गर्नेछन्। चलचित्रमा सडकमा बाँच्न संघर्ष गरिरहेकामा पनि अरुको लागि केही गर्न चाहने एक बालकको कथा समेटिएको छ।
चलचित्रमा दिनेश कोइराला, नेहा देव, मौसमी कार्की, डा. ओमकृष्ण प्रसाईं, नबराज अधिकारी र बाल कलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईंको अभिनय रहनेछ।
छायांकन रविन्द्र बरालले गर्नेछन् भने राजन महर्जनको कोरियोग्राफी, मदन न्यौपानेको मेकअप, र राजेश कुमारको सम्पादन रहनेछ।
काठमाडौँका लागि प्रमोद डिजी र कोशी प्रदेशका लागि मनोज दाहाल मिडिया समन्वयकर्ता रहनेछन्। चलचित्रको छायांकन आगामी भदौ दोस्रो साताबाट काठमाडौं र भक्तपुर आसपासका क्षेत्रमा सुरु हुने जनाइएको छ।