काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरु धमाधम सार्वजनिक भैरहेका छन्। यद्यपि तिज गितले साँस्कृतिक विकृति भित्याईरहेका चर्चाहरु बजारमा हुने गरेका छन् यसैबीच मा चर्चित गायिका रचना रिमालकाे सुमधुर स्वरमा माैलिक तिज गित “नाँचम बरिलै” ले बिस्तारै दर्शकहरुकाे मन जितिरहेकाे छ। गीत प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकाे छ ।
गीतमा प्रेम संगम काे शब्द रचना रहेको छ भने लय सिर्जना राजकुुमार बगरको र गीतको संगीत संयोजन रमेश सेन्चुरी गरेका छन । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरा का रुपमा परिचित बरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कर्णाली प्रदेश की अध्यक्ष हरिमाया कार्की साथै कलाकार लक्ष्मण लामिछाने मार्मिक अभिनय देख्न सकिन्छ भने माेडेल लक्ष्मी गिरीले आकर्षक नृत्य प्रस्तुत गरेकि छन ।
भिडियो को निर्देशन चन्द्र ब. मन्दिरले ले गरेका हुन्, मन्दिर आफै राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान सुर्खेत जिल्ला का अध्यक्ष पनी हुन् । गितको पोस्ट प्रोडक्सन कृपा एण्ड कृतिका प्रोडक्सन र श्रीनाथ फिल्मस् सुर्खेतले गरेकाे हाे ।
‘नाचम बरिलै’ केवल तीजको गीत नभई, नेपाली हिन्दू महिलाको भोगाइ, पीडा र मनको आवाज समेटिएको सांगीतिक दस्तावेज हो । गीत तथा भिडियो मार्फत माइतीप्रतिको आत्मीयता, समाजमा चेलीको स्थान र तीजको वास्तविक मर्म उजागर गर्न खोजिएको साथै चेलीको भावनात्मक अवस्था र तीजको सांस्कृतिक सन्दर्भलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको गितकार प्रेम संगमले बताएका छन् ।
उनले यो भन्दा अघी ‘निदाउन सक्दिन’ र ‘तिमि त दुश्मन बनेर गयौ’ बोलका गित बजारमा ल्याईसकेका छन् । याे समाचार तयार पार्दासम्म १ लाख ३२ हजार पटक गितकाे भिडियो हेरिएकाे छ।
समग्रमा, शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनले यो गीतलाई एक अब्बल तीज गित बनेकाेले दर्शककाे मन जितिरहेकाे देखिन्छ ।