काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले राज्यविरुद्ध विद्रोहको समय नभएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही व्यक्तिहरू अझै राज्यविरुद्ध द्रोहमा संलग्न रहेको उल्लेख गरे।
मन्त्री गुरुङले नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय संरचनालाई ध्यानमा राख्दै राष्ट्रपतीय प्रणालीको विकल्पमा सुधारिएको संसदीय प्रणाली उपयुक्त हुने बताए। उनका अनुसार, ‘प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा जानु उचित हुन्छ। हामीले प्राप्त व्यवस्था अनुसार अधिकतम लाभ उठाएर समतामूलक र समावेशी समाज निर्माण गर्नुपर्छ।’
उनले आदिवासी जनजातिहरूको लाभ सुनिश्चित गर्न व्यवस्था हुनु आवश्यक भएको र समावेशी विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालयको माग गर्दा बजेट उपलब्ध गराउँदा समेत चुनौतीपूर्ण अवस्था रहेको बताउँदै भने, ‘हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको’।
उनको भनाइ अनुसार, ‘पार्टीहरूले र शासन प्रणालीले कसरी बढी प्रतिनिधित्व गराउन सक्छन् भन्नेमा ध्यान दिनु जरुरी छ। आज राज्यविरुद्ध विद्रोह गर्ने समय होइन।’