काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
दुर्घटनाबाट गम्भीर घाइते भएका चालकलाई चितवन मेडिकल कलेज भरतपुर पु¥याइएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक मनबहादुर बिक (बेसीसहर नगरपालिका–११, लमजुङ) लाई नियन्त्रणमा लिएको जनाएको छ।