काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। यसअघि चौथो पटक विस्तार भएको मन्त्रिपरिषद् आज पाचौँ पटक विस्तार हुन लागेको हो । शुक्रबार प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने भएकी हुन्।
शर्माको शपथ आजै दिउँसो २:३० बजे हुने स्रोतले जानकारी दियो । योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ। उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी भएतापनि वरीयता भने निर्धारण हुन बाँकी छ।
प्रधानमन्त्रीले रक्षामन्त्रीको जिम्मेवारी शर्मालाइ दिएसँगै उनीसँग रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी अझै छ ।

