काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिकतर्फको उम्मेदवारी चयनलाई लिएर विवाद भइरहेका बेला सूचीमा परेका पाँचजनाले उम्मेदवारी फिर्ता लिएको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा राखिएका नामबारे जेनजी समूह र पार्टीभित्रैबाट विवाद भएपछि नामांकन गरिएकाले धमाधम उम्मेदवार नहुने घोषणा गरेका हुन्।
हालसम्म त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ साह, डा.महेन्द्र लावती र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत घोषणा गरेका हुन्। आज मात्रै युवा उद्यमी ढकाल र आशिफले उम्मेदवारी फिर्ता लिने घोषणा थिए।

