काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री र रास्वपा सभापति पद नमागेको दाबी गरेका छन् । रास्वपासँगको एकता भाँडिएलगत्तै आज उज्यालो घरमा आयोजित पत्रकार सम्मेलनमा गरेर भने, ‘हामीले प्रधानमन्त्री र सभापति पद मागेककै छैन । रास्वपाले त्यत्तिकै भ्रम फैलायो ।’
सो अवसरमा कुलमानले आफूहरूमाथि धोका भएको, १२ दिनकै सहकार्यले धेरै क्षति पुगेको पनि बताए । उनले थपे, ‘रास्वपाले एकतर्फी सहमति भंग गर्यो । रास्वपाको वरीयतामा धेरै तल भए पनि सहेर गएको थिएँ । अब उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी रूपमा अगाडि बढाउँछु । समानुपातिकमा नमिले प्रत्यक्षमा मात्रै चुनाव लड्नेछौँ ।’

