काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ।
सोमबार प्रतितोला पाँच हजार ६ सय रुपैयाँले बढेको सुन मंगलबार थप प्रतितोला दुई हजार पाँच सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यता मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार आठ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

