काठमाडौं । सरकारले विक्रम संवत् २०८३ सालका लागि सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ। मन्त्रिपरिषद्को फागुन १३ गतेको बैठकले यस सम्बन्धमा निर्णय गरेको थियो।
निर्णयअनुसार, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने सार्वजनिक बिदा, पर्व, सट्टा बिदा र कार्यालय समय निर्धारण गरिएको छ।

