नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ। यससँगै एकैदिन चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ।

