राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु ताप्लेजुङको ओलाङचुङ गोला नजिक रहेको केन्द्रले जनाएको छ ।
नेपाल–तिब्बत सीमा आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित विभिन्न स्थानमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए/नभएकोबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

