काठमाडौं । उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाहंलाई सफाई दिएको छ । सफाई पाएसँगै शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने छन् ।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाई दिएको थियो।