काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गामा बनेका अस्थायी संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
जग्गा हिनामिनाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला आइतबार महानगर प्रहरीको टोली ललितानिवास पुगेको थियो । नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले जग्गामा रहेका टहरा लगायत अस्थायी संरचनाहरु हटाउन निर्देशन दिएको छ ।