काठमाडौं । १० हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेको अवस्थामा पक्राउ गरेको हो ।
काठमाडौंबाट नेपाल एयरलाइन्समार्फत दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।
आवश्यक अनुसन्धान एवं कारवाहीको लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।