काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ १० स्थित भद्रकुमारी घलेको घरमा डोजर चलाएको छ। देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी रूपले कब्जा लिएर सरकारी जग्गामा घरटहरा बनाएको भन्दै महानगरको टोलीले घरलगायत संरचना भत्काएको हो।
केही दिनअघि महानगरले मंगलबारसम्म घलेलाई सामान निकाल्न भनेको थियो। बुधबार बिहानदेखि नगर प्रहरी आफैंले धमाधम सामान हटाउन थालेको हो। काठमाडौं नगर प्रहरीले अहिले त्यहाँका भौतिक संरचनामा डोजर चलाइरहेको छ।