काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त मानिएका कलाधर देउजा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरेको हो । सर्वोच्च अदालतले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेलगत्तै देउजा पक्राउ परेका हुन् ।
उनी २०४९ सालमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख थिए । ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त आदेश खारेज भएसँगै सीआईबीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएकाहरुलाई पक्राउ प्रक्रियालाई तीव्रता दिएको छ । कलाधरले ४ रोपनी २ पैसा जग्गा बकसमा लिएका छन् । सीआईबीका अनुसार जग्गा उनका परिवारका अन्यको नाममा राखिएको छ ।