काठमाडौं । काठमाडौं उपत्यकालगायत बाग्मती प्रदेश भित्रका उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ । वाग्मती प्रदेश सरकारको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ ।
त्यसैगरी उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ । त्यस्तै २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ ।