काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टल सुन पक्राउको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान यथावत् राखेपछि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।
एमालेले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। यसअघि गत १० साउनमा बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले सोही माग राखेको थियो। उक्त माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने एमालेको अडान छ।