काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अन्तत: सुदूरपश्चिम सरकारमा जान तयार भएको छ। संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिचम सरकारमा जान तयार भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा संरक्षक रेशम चौधरीसहितको बैठकबाट यस्तो सहमति जुटेको हो।
नाउपाकी अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले बालुवाटार बैठकमा सहमति भएको बताउँदै आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइन्।
उनका अनुसार सुदूरपश्चिम सरकारमा नाउपाले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। चौधरीका अनुसार गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदीय समितिका २ जना सभापति पनि दिन तयार भएका छन्।