काठमाडौं । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ । मङ्गलवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत निर्णय पनि गरेको छ । त्यस्तै बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैङ्किङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् ।